शनिवार , भाद्र ३०, २०८०
भैरहवा, ३० भदौ ।
नेपाल सि.एम.ए. संघ जिल्ला कार्यसमिति, रुपन्देहीको पाँचौ जिल्ला अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले पुनः शशिकान्त उपाध्यायको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा विरेन्द्र चौधरी, राजेश चौधरी, अनिता पाण्डेय (उपाध्याय), सचिवमा रणजीत कुमार हलुवाई, सह–सचिवमा चर्तुभुज चौबे, कोषाध्यक्षमा रविन्द्र यादव र सह–कोषाध्यक्षमा अनिल कुमार यादव रहेका छन् ।
त्यस्तै सदस्यहरुमा अवध किशोर मल्लाह, धर्मेन्द्र चौधरी, प्रदिप गुप्ता, इन्द्रजीत यादव, पंचम कोहार, दिनेश कुमार पाठक, रामवरण गुप्ता, राजेन्द्र मौर्य, आनन्दमणी कुर्मी, जितेन्द्र मौर्या, सुनिता पाण्डे, पुजा थारु, चन्द्रभुषण दुवे, सुरज चौधरी थारु र प्रकाश खनाल रहेका छन् ।
त्यस्तै संघको सल्लाहकारमा गोपाल बन्जाडे, विजयनाथ चौधरी र सविता शर्मा मनोनित भएका छन् । त्यसै गरी संरक्षण समितिको संयोजकमा गोविन्द उपाध्याय रहेका छन् ।
अधिवेशनको नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले उद्घाटन गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij