२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

जीवन रक्षाका लागि सहयोग गर्न अपिल

मंगलवार , माघ १३, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, १३ माघ । 
    कपिलवस्तुको जिनुवा स्थायी घर भएका सागर थारु गत माघ ३ गतेदेखि जीवन र मरणको अवस्थामा रहेका छन् । भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाको आइसीयु कक्षमा रहेका थारुको टाउकोमा पानी जमेको र अप्रेशन गर्न २ लाख खर्च लाग्ने भएको छ ।

    अन्य औषधी तथा अस्पताल खर्च हुने भनेपछि घरपरिवारले उक्त रकम जुटाउन नसक्दा मृत्युको बाटो रोज्न पुगेका सागर थारुलाई सञ्चारकर्मी पुनहरि बेल्बासेले भेटेपछि २ लाखमा मानिसको ज्यान जान दिन नहुने भन्दै सामाजिक सञ्जालबाट विभिन्न संघ-संस्थाहरुलाई सहयोग गर्न अपिल गरी हाल थारुको आइसीयु १२ नम्बर बेडमा उपचार भइरहेको छ ।

    पैसा जुटाउने अवस्था नरहेकोले सबैले सहयोग गरी श्रीमान सागर थारुको रक्षा गरिदिन श्रीमती आशा थारुले आग्रह गरेकी छन् । मेरो घरमा सानो घरले छाएको घर छ । ‘एउटा छोरा छ, बिहान साँझ काम गरेर जसोतसो जीवन चलाउँदै आएका थियौँ, अहिले श्रीमानलाई रोगले यो अवस्थामा ल्यायो अब म के गरुँ उनले आँसु झार्दै भनिन् ।