२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कराँते संघ रुपन्देहीमा देवकोटा 

आइतवार , श्रावण १८, २०७७

बुटवल, १८ साउन ।
नेपाल सितोरिया कराँते संघ रुपन्देही जिल्लाको शनिबार सम्पन्न अधिवेशनले कृष्ण देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा सन्तोष सिंह, उपाध्यक्षमा बासु बस्याल, सचिवमा मिनराज गिरी, कोषाध्यक्षमा प्रेम बहादुर राना र सह–सचिवमा भुपेन्द्र सिंह थापा सर्वसम्मत भएका छन । 

त्यसै गरी सदस्यहरुमा जीवन थापा, रामवृक्ष ठाकुर, अर्जुन श्रेष्ठ, मनोज थापा, विजय सापकोटा, मन्जिल सुवेदी, बुद्धिमान थारु, शिवनारायण चौधरी, उर्मिला केवट, रश्मी पाण्डे र शोभाकर पन्थ चयन भएका छन । 

कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाले खेलकुदलाई जीवन्त राख्न संघमा खेलाडीहरु लाग्नुपर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष उमेश थापा, केन्द्रिय प्रतिनिधि अमिर राई, सल्लाहकार माधव घिमिरे, कपिल गौतम, नारायण बहादुर थापा, विष्णु खत्रीले कराते खेलको गरिमालाई जोगाउने अभिभारा नयाँ नेतृत्वमा आएको बताए ।