२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

जगर्श ग्रुपद्वारा न्यानो कपडा वितरण

मंगलवार , माघ १३, २०७७


भैरहवा, १३ माघ ।
भैरहवामा बिहानी हिंडाइ हिड्ने युवाहरुको समूह जगर्श ग्रुपले रुपन्देहीको मायादेवी गाउँपालिका–४ स्थित श्री सेमरी माध्यमिक विद्यालयका प्रावि तहका बालबालिकालाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ ।

ग्रुपले शिशुदेखि कक्षा ३ सम्मका २५२ जना बालबालिकालाई स्वीटर प्रदान गरेको ग्रुपका अध्यक्ष प्रकाश घिमिरेले बताए । दैनिक खाजा खर्चबाट १० रुपैयाँ बचत गरी ग्रुपले समाजसेवामा रकम खर्चिदै आएको छ । सोही बचत रकममध्येबाट विद्यार्थीहरुलाई स्वीटर प्रदान गरिएको कार्यक्रम संयोजक दिनेश पोख्रेलले बताए ।

विद्यालयमा स्वीटर वितरण गर्दै मायादेवी गाउँपालिका शिक्षा शाखा प्रमुख नारायण लामिछानेले दैनिक रुपमा १० रुपैयाँ बचत गरी समाजसेवामा लगाउने उदाहरणीय कार्य जगर्श ग्रुपले गरेको बताए । उनले अन्य संघ–संस्थाले पनि यस्तै काम गर्नुपर्नेमा जोड दिदै सामुदायिक विद्यालयलाई सबैले सहयोग गर्नुपर्ने बताए ।

सो अवसरमा मायादेवी गाउँपालिका–४ का वडाअध्यक्ष धनपाल मल्लाह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम वनिया, प्रधानाध्यापक राजेशमणि त्रिपाठी, शिक्षक महासंघ मायादेवीका अध्यक्ष सतिषमणि त्रिपाठी लगायतले भैरहवामा रहेको संस्थाले ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयमा वर्तमान चिसो मौसममा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नु सराहनीय कार्य भएको बताए ।

जगर्श ग्रुपका सचिव प्रियाबन्धु न्यौपानेले गु्रपले अन्य सामाजिक कामहरु पनि निरन्तर गरिरहने र बालबालिका, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए । ग्रुपमा विभिन्न पेशा–व्यवसायमा आबद्ध ४७ जना सदस्यहरु छन् ।