२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

सोमवार , आश्विन १, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, १ असोज । 
    राप्रपा नेपालले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समिक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोध गर्दै राँके जुलुश प्रर्दशन गर्ने निर्णय गरेको छ ।

    प्रदर्शनलाई व्यापकता दिई अफल बनाउन पार्टीले पार्टीको जिल्ला कमिटी, भातृ संगठन र आम जनतालाई आह्वान समेत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    आज बसेको बैठकमा गत भाद्र २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमको बारेमा छलफल भएको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम  व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट ब्यबस्था परिवर्तनमा जोड दिए ।

    ‘यो व्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन सकिन्न, अब आन्दोलनबाट नै सबै अटाउने व्यवस्था ल्याउनुपर्दछ’ थापाले भने । बैठकमा पार्टीका पदाधिकारी सदस्य तथा जनवर्गीय संगठनका प्रमुखहरु र उपत्यकाका जिल्ला अध्यक्षहरुले आन्दोलनमा जान जोड दिएका थिए ।