२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

चिर्पट प्रहार गरी बुबाकाे हत्या, छाेरा पक्राउ

मंगलवार , आश्विन २, २०८०

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • कपिलवस्तु, २ असाेज । आफ्नै बुबा ६० वर्षीय बलबहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय विकाश परियारललाई  प्रहरीले पक्राउ गरेको छ ।

    घरायसी विवादको क्रममा विकाशले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।