२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

शिक्षकहरुका जायज मागलाई पूरा गराउनुको विकल्प छैन : सांसद् घिमिरे

बिहिवार , आश्विन ४, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ४ असोज ।
    प्रतिनिधि सभा सदस्य (सांसद्) तथा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य बासुदेव घिमिरेले शिक्षकहरुका जायज मागलाई पूरा गराउनुको विकल्प नभएको बताएका छन् । उनले विधेयकलाई फिर्ता गरी शिक्षकहरुका जायज मागलाई सम्बोधन गरी विधयेक पुनः संसदमा दर्ता गराउनुपर्ने आवश्यक रहेको बताए ।

    बिहीबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सांसद् घिमिरेले भने, ‘गठबन्धन सरकारको स्पष्ट बहुमत भएकोले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफाबार छलफल वा संशोधनबाट आन्दोलनरत शिक्षकहरुका जायज मागहरु पूरा हुन सक्ने नदेखिएकोले विधेयकलाई फिर्ता गरी शिक्षकहरुका जायज मागलाई सम्बोधन गरी विधयेक पुनः संसदमा दर्ता गराउनुपर्ने देखिन्छ ।’

    सरकारले हालै ल्याएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।