शनिवार, मंसिर १६ गते २०८०

मुख्यमन्त्रीलाई राउटेले भने : ‘सरकारले हाम्रो जनतालाई दशै खर्च दिनु पर्‍यो’

मुख्यमन्त्रीलाई राउटेले भने : ‘सरकारले हाम्रो जनतालाई दशै खर्च दिनु पर्‍यो’

images
images

खबर पात्रो

४, आश्विन २०८०
  • 491
    SHARES
  • मुख्यमन्त्रीलाई राउटेले भने : ‘सरकारले हाम्रो जनतालाई दशै खर्च दिनु पर्‍यो’

    दाङ, ४ असोज । 
    फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँग भेटघाट गरेका छन । बिहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोली र  मुख्यमन्त्रीबीच भेटघाट भएको हो ।

    राउटे शाहीले सरकारसँग दशै खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दशै खर्च दिन आग्रह गरेका छन । अब दशै आइसक्यो, हाम्रो जनताले दशैमा बलि पनि दिनुपर्छ, खसी पनि खानुपर्छ, सरकारले पैसा दिनुपर्याे । उनले भने, ‘८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनुपर्छ । सबै मत्रीहरुले हामीलाई दशै खर्च दिनुपर्याे, हामीले लगेर सबै जनतालाई बाड्ने काम हुन्छ । खसी किन्न पैसा चाहियो ।

    images
    images

    उनले आफूहरु अहिले दैलेखमा बसिरहेको र दशै खर्चका लागि दाङ आएको बताए । तीज खर्चकै लागि आएका हौं । उनले भने, ‘तीज गइगो अब दशै खर्च जुटाउनुपरेको छ । ’

    मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको लागि गर्न सहयोग गर्ने, दशै खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताए । उनले दशै खर्चका लागि आवश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताए । 

    ‘राउटेहरुलाई पहिलेदेखि नै सरकारले दशै खर्च दिदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने लुम्बिनी प्रदेश सरकारले पनि केही सहयोग गर्छ, मुख्यमन्त्री चौधरीले भने, ‘२/३ दिनमा सरकारबाट केही सहयोग हुन्छ । 

    भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागीता रहेको थियो ।

    images
    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - १३:२६:५८ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij