२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

संघीय सरकारले शिक्षकहरुको जायज माग अविलम्ब पूरा गर्नुपर्छ : मन्त्री गुप्ता

बिहिवार , आश्विन ४, २०८०

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • भैरहवा, ४ असोज ।
    लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के.)ले संघीय सरकारले शिक्षकहरुको जायज माग अविलम्ब पूरा गर्नुपर्ने बताएका छन् । शिक्षाको गुणस्तर कायम राख्नको लागि र शिक्षा क्षेत्रलाई अझै राम्रो बनाउनको लागि शिक्षकहरूको माग पूरा गर्नुपर्ने उनले बताए ।

    बिहीबार सामाजिक संजाल फेसबुकमा मन्त्री गुप्ताले स्टाटस लेखेका छन्, ‘सम्पूर्ण भगवानरूपी शिक्षकहरूप्रति मेरो साथ र समर्थन छ । एउटा कुरा ध्यान गर्नु संघीय सरकार जुन देशको शिक्षकहरूलाई सडकमा उत्रिनुपर्ने बाध्यता हुन्छ त्यो देशको भविष्य अन्धकारमा जाने निश्चित हुन्छ ।’