images
images

आइतवार, जेठ ६ गते २०८१

सरकारलाई प्रश्न : किसानलाई मल खोइ ?

सरकारलाई प्रश्न : किसानलाई मल खोइ ?

images
images
images
मंगलवार, माघ १३ २०७७
मंगलवार, माघ १३ २०७७
  • सरकारलाई प्रश्न : किसानलाई मल खोइ ?

    भैरहवा, १३ माघ । 
    किसानले समयमै रासायनिक मल नपाएको भन्दै स्वतन्त्र नागरिक समाज, रुपन्देहीले किसानलाई खोइ मल (खाद, युरिया) भनेर प्रश्न गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । किसानले मल नपाएको, धान गहुँको समर्थन मुल्य निर्धारण नगरिएको र उखुको भुक्तानी नपाएको समाजको गुनासो छ ।

    images
    images
    images

    सरकारलाई दबाब दिने उद्देश्यले किसानको माग राख्दै मंगलबार भैरहवामा कार्यक्रम गरिएको नागरिक अगुवा महेन्द्र गुप्ता (प्रशान्त)ले बताए ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले सरकारले समयमै किसानलाई  मल उपलब्ध गराउन नसकेको बताए । उनले उखु किसानले आफ्नो लगानीको मुल्य नपाएको बताए । जनताले नेकपालाई दुईतिहाई बहुमत दिए पनि किसानको समस्या समाधान गर्न नसकेको पाण्डेयको भनाइ छ । उनले भैरहवाबाट किसानको पक्षमा आन्दोलन सुरु गरिएको बताए । 

    त्यस्तै समाजसेवी रवि कुमार रौनियारले कृषिप्रधान मुलुक नेपालमा किसानमाथि दमन गरिएको बताए । उनले उखुको रकम भुक्तानीको माग गर्दै आन्दोलन गर्न बाध्य किसानको मागबारे सरकारले वेवास्ता गरेको बताए ।

    त्यस्तै समाजसेवी मिलन बस्नेतले सरकारले मलको व्यवस्थापन गर्न नसक्ने र नागरिकले भारतबाट ल्याएको मल पनि प्रहरीले खोस्नु गलत भएको बताए । 

    कार्यक्रममा नागरिक अगुवा हरिशचन्द्र सिंह, बैजनाथ गुप्ता (बी.एन.), देव धवल, इन्द्रजित राय लगायतले बोल्दै नागरिकले सरकारको अनुभुति गर्न नसकेको बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij