images

आइतवार, बैशाख १६ गते २०८१

आवश्यकता, माग र प्रतिफलमा आधारित बजेट सार्वजनिक

आवश्यकता, माग र प्रतिफलमा आधारित बजेट सार्वजनिक

images
images
images
बिहिवार, आश्विन ४ २०८०
बिहिवार, आश्विन ४ २०८०
  • आवश्यकता, माग र प्रतिफलमा आधारित बजेट सार्वजनिक

    भैरहवा, ४ असोज ।
    रुपन्देहीमा पशुपन्छी तथा मत्स्य क्षेत्रको विकासका लागि रु. ८ करोड ८२ लाख बराबरको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले बिहीबार कार्यक्रम आयोजना गरी वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको हो । 

    images

    प्रदेशले बजेट सार्वजनिक समयमै गरे पनि कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनेर स्वीकृत हुन समय लागेकाले मातहतका कार्यालयहरुले बल्ल कार्यक्रम सार्वजनिक गरिरहेका छन् । 

    आवश्यकता, माग,  प्रतिफलमा आधारित, खाद्य तथा पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार, कृषि तथा पशुपन्छीजन्य उद्योग, यन्त्र तथा पूर्वाधार विकास लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख दीपक भुसालले जानकारी दिए ।

    पोषण सुधारका लागि ग्रामीण कुखुरापालनका लागि अधिकतम सीमा  ५ लाख तोकिएको छ । आवश्यकताका आधारमा कार्यक्रम गर्दा ५० हजार र बालीवस्तु प्रवद्र्धनमा अधिकतम सीमा ५ लाख राखिएको भुसालले बताए । अनुदानका कार्यक्रम लक्षित वर्गसम्म पुर्याउन स्थानीय सहकारसँग समन्वय गरेर गर्न जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपार्इंले निर्देशन दिए । अझै पनि केही कार्यक्रमका कार्यविधि बन्न बाँकी छ । 

    सूचना प्रकाशन त्यसपछि आउने प्रस्तावको स्थलगत अनुगमन, छनौट र अनुदानग्राहीसँग सम्झौता गर्न अझै कम्तीमा १ महिना समय लाग्छ । मौसमी खेती गर्ने किसानलाई मध्यनजर गरेर समयमै कार्यक्रमहरु कार्यान्वयनमा ल्याउनुपर्ने किसानहरुले बताए ।

    गत वर्ष भन्दा यो वर्ष करिब डेढ करोड बजेट कम विनियोजन भएको छ । गत वर्ष रुपन्देहीमा ८ हजार ४ सय २ जना किसान अनुदान कार्यक्रमबाट लाभान्वित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको तथ्यांक छ ।
      

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij