२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

लुम्बिनी प्रदेशमा आजदेखि खोप लगाईदै, पहिलो खोप प्रादेशिक अस्पतालका मेसु खनालले लगाउने

बुधवार , माघ १४, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • बुटवल। भारत सरकारले निशुल्क उपलब्ध गराएको कोभिड १९ बिरुद्धको खोप आजदेखि लुम्बिनी प्रदेशमा लगाउन शुरु गरिदैछ। लुम्बिनी प्रदेशमा आएको खोप मध्ये पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन डा.राजेन्द्र खनालले लगाउने भएका छन्। 

    पहिलो चरणमा लुम्बिनी प्रदेशका ३९ हजार ४ सय ९५ जनालाई पुग्ने गरी खोप ल्याईएको लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रवत्ता डा. पुष्पराज पौडेलले जानकारी दिए। 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितीमा बिहान ९ बजे डा. खनालले खोप लगाएपछि खोपको औपचारिक रुपमा सुरुवात हुने डा. पौडेलले जानकारी दिए। 

    भारत सरकारले दिएको कोरोना बिरुद्धको पहिलो खोप मैले लगाएर शुरु गर्न थालेका छौ डा. खनालले खबरपात्रोसंग भने–‘म स्वास्थ्यकर्मी त्यसमा पनि कोभिड १९ जितेको व्यक्ति भएको हुँदा सबैलाई खो प्रतिको बिश्वास जगाउन र हौसला प्रदान गर्न पहिलो खोप लगाउन थालेको हु।’

    ‘खोपबारे जनतामा बिभिन्न खालका टिकाटिप्पणी र कुराहरु आएका कारण पहिलो खोप मैले नै लगाउने निर्णय गरेको हु’ डा. खनालले भने खोपबारे आफुले राम्रोसंग बुझेकाले बजारमा र सामाजिक संजालमा आएका जस्ता टिकाटिप्णीका पछाडि नलाग्न आग्रह गर्दछु। 

    पहिलो चरणमा स्वास्थ्यकर्मी, शुरक्षाकर्मी र फ्रन्टलाईटनमा खटिने व्यक्तिलाई खोप लगाईने भएकोछ।  रुपन्देहीको दुई सरकारी अस्पतालबाट खोप लगाईदै छ। बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पतालबाट खोप लगाईदै छ।