
शुक्रवार , आश्विन ५, २०८०
म पेशाले एक होटल व्यवसायी । व्यवसायी भएकोले उद्योगी–व्यवसायीको हकहितमा केही काम गर्नुपर्छ भन्ने उद्देश्य बोकेर अघि बढे । त्यहीक्रममा विभिन्न आरोह–अवरोह पार गर्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को अध्यक्षको नेतृत्व सम्हालिरहेको छु । नेतृत्व सम्हाल्नु सोचेजस्तो र बोले जस्तो सजिलो भने छैन । नेतृत्वकर्ता हुन धेरै त्याग पनि गर्नुपर्छ । तर, भनिन्छ जहाँ चुनौति हुन्छ, त्यही सम्भावना हुन्छ । समाजका लागि केही योगदान पुर्याउनुपर्छ भन्ने उद्देश्य लिएर शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा रहेर निजी क्षेत्रको हकहितसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएको छु ।
मैले आफ्नो कार्यकालमा भएको गतिविधिबारे जानकारी गराउन खोजेको छु । संस्थाबारे पनि केही जानकारी गराउन चाहन्छु ।
२०६२ साल माघ ११ गते लुम्बिनी एकीकृत साना तथा मझौला संघको स्थापना भयो । २०६५ साल जेठ १० गते संस्थाको नाम संशोधन (परिवर्तन) भइ नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन भयो । २०७२ सालमा पुन नाम परिवर्तन भइ यो संस्थाको नाम उद्योग व्यापार संगठन, रुपन्देही भयो । पुनः २०७९ मा संशोधन भइ संस्थाको नाम चेम्बर अफ कमर्श, रुपन्देही भएको छ ।
यो संस्थाको संस्थापक अध्यक्ष मनिष कुमार जोशी हुनुहुन्छ । उहाँले २०६२ माघ ११ देखि २०७० चैत २९ गतेसम्म संस्थाको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । त्यसपछि संस्थाको अध्यक्षको जिम्मेवारी खिम बहादुर खत्रीले सम्हाल्नुभयो । खत्रीले २०७० चैत २९ देखि २०७२ फागुन २२ गतेसम्म अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभयो ।
त्यसपछि संगठनको अध्यक्ष नारायण प्रसाद भण्डारी बन्नुभयो । भण्डारीले २०७२ फागुन २२ देखि २०७८ असोज ९ गतेसम्म (दुई कार्यकाल) अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभयो ।
म (अनिल कुमार ज्ञवाली) २०७८ असोज ९ गतेदेखि हालसम्म) चेम्बर अफ कमर्श, रुपन्देहीको अध्यक्ष पदमा रही जिम्मेवारी निर्वाह गरिरहेको छु । मैले संगठनमा विगत १६ वर्षदेखि विभिन्न पदमा रही कार्य गर्दै आएको छु । मैले संगठनको सदस्य पदमा रही २०६३ देखि २०६६ सम्म जिम्मेवारी सम्हाले । त्यसै गरी सचिवालय सदस्यमा २०६६ देखि २०६८ चैतसम्म, कोषाध्यक्षमा २०६८ चैतदेखि २०७२ चैत २२ सम्म र महासचिवमा २०७२ चैत २२ देखि असोज ९ गतेसम्म जिम्मेवारी निर्वाह गरे ।
२०७८ असोज ९ देखि हालसम्म अध्यक्षको जिम्मेवारी सम्हालिरहेको छु । विगत १६ वर्षदेखि संगठनमा निरन्तर रुपमा रही विभिन्न जिम्मेवारी सम्हाल्दै उद्योगी–व्यवसायीहरुको हकहितका लागि कार्य गर्दै आएको छु ।
उद्योग व्यापार संगठन, रुपन्देहीले उद्योगी–व्यवसायीसँग भेटघाट, ठूला मेला–महोत्सव, सडक खाना महोत्सव, अन्य विभिन्न संघ–संस्थाका कार्यक्रममा सहभागीता, सरकारी कार्यालयहरुसँग समन्वय गदैै उद्योगी–व्यवसायीका आवाज उठाउँदै उहाँहरुका समस्या लिएर कहिले जिल्ला प्रशासन कार्यालय, कहिले .जिल्ला प्रहरी कार्यालय, कहिले भन्सार कार्यालय त कहिले राजस्व अनुसन्धान कार्यालय पुगी उहाँहरुका समस्याबारे अवगत गराउँदै तथा समाधान खोज्दै आएको छ । त्यस्तै व्यवसायी–व्यवसायीबीच असमझदारी, घरधनी र व्यवसायीबीच कुनै विवाद भए समाधान समाधानका लागि अघि बढेका छौं ।
जब मेरो नेतृत्वमा संगठनको नयाँ कार्यसमिति निर्वाचित भयो, त्यसपछि निरन्तर रुपमा जोडबलका साथ संगठनलाई अझ उत्कृष्ट र सबल बनाउन निम्न कार्य गरेका छौं ।
अन्त्यमा, अब आउने नेतृत्वले सहकार्य गरेर संस्थाको दैनिक कार्य लगायत उद्योगी–व्यवसायका समस्या, उद्योग, व्यापार, कृषि, पर्यटन, प्रवद्र्धनमा जोड दिएर मेला–महोत्सव लगायत यस–संस्थालाई अझ कसरी आगाडी बढाउन सकिन्छ भनेर निरन्तर लागिरहनेमा विश्वस्त छु । म अबको केही समयपछि निवर्तमान अध्यक्ष भए पनि यस संगठनमा मेरो हरपल रहने प्रतिवद्धता व्यक्त गर्दछु । सबैलाई एकजुट बनाइ सम्पूर्ण वस्तुगत संस्था, विभिन्न संघ–संस्था र सरकारी कार्यालय, स्थानी पालिकासँग समन्वय, सहकार्यका साथै सल्लाह–सुझाव लिएर कार्य गर्न निर्वाचित टीमलाई अनुरोध गर्दछु ।
लेखक चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij