२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

समाजवादी युवा संघ रुपन्देहीको अध्यक्षमा गौतम

शनिवार , आश्विन ६, २०८०

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ६ असोज ।
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी युवा संघ, नेपाल रुपन्देही जिल्ला कार्यसमितिको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ ।

    भेलाले राजु गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कमरुल हदा खान, सचिवमा राजेश वरुण, सहसचिवमा हृदेश त्रिपाठी र कोषाध्यक्षमा ममता सुनार रहेका छन् । 

    त्यस्तै सदस्यहरुमा अजय यादव, करन यादव, धिरज कसौधन, रंजित चौधरी, अब्दुल रहमान, मनोज कुमार हरिजन, विकास यादव, शैलेस धवल, अमन कान्दु, मनोज ढाडी, राज यादव, सुनिल कुर्मी, राकेश यादव, विजय कुमार मौर्य, दिवाकर यादव, राजेश कानु बनिया, अनिल कुर्मी, संजय हरिजन, घनश्याम यादव, विनोद यादव, मेराज आलम, राजिव गुप्ता, अनुप यादव, गणेश यादप, सलु लोहनी, कृष्ण कुमार क्षेत्री र सन्दिप अग्रहरी रहेको समाजवादी युवा संघ, नेपालका केन्द्रीय सचिव ठाकुर रितु राजले जानकारी दिए ।

    अध्यक्षमा चयन भएका गौतमले पार्टी र संगठनको विधान र नियममा रही रचनात्मक कार्यहरुलाई अघि बढाउने बताए ।

    IMG_9495.JPG

    कार्यक्रमको जसपा केन्द्रीय कार्यकारिणी सदस्य, लुम्बिनी प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री राजकिशोर यादवले उद्घाटन गरेका थिए । 

    समाजवादी युवा संघ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष विकास यादवको अध्यक्षता, जसपा केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर यादवको प्रमुख आतिथ्यता, समाजवादी विद्यार्थी युनियन रुपन्देहीका सचिव कौशलेन्द्र मिश्राको स्वागत तथा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव राहुल यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।