२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

माघ १५ देखि राष्ट्रिय अण्डर १८ टेबल टेनिस

बुधवार , माघ १४, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • बुटवल, १४ माघ । 
    रुपन्देहीमा तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता–२०७७ हुने भएको छ । टेबल टेनिस खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा माघ १५ र १६ गते दुई दिन प्रतियोगिता हुने भएको हो । 

    मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको विभिन्न उपसमिति गठन गरी तयारी तीव्र भइरहेको अध्यक्ष सुरेन्द्र कुमार शाक्यले बताए । देवीनगर ओलीपथस्थित कोर्टमा हुने प्रतियोगितामा करिब ८० जना खेलाडी सहभागी हुने उनले बताए । छात्र र छात्रा गरी दुई विधामा हुने खेलमा उपाधि विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई नगद २५ हजार, १५ हजार र ५(५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

    संघका उपाध्यक्ष नर बहादुर क्षेत्रीले प्रतियोगिता आयोजनाका लागि २ लाख ५० हजार अनुमानित खर्च रहेकोमा बुटवल उपमहानगरपालिकाबाट १ लाख रुपैयाँ सहयोग हुने उनले बताए । 

    कार्यक्रममा संघका प्रमुख सल्लाहकार अर्जुनमान सैजु, साउथ एशियन टेबल टेनिस फेडेरेसनका महासचिव तथा पुर्व मुख्य प्रशिक्षक शंकर गौतम, राखेपका वरिष्ठ मुख्य प्रशिक्षक संजिव ढुगेल, संघका सल्लाहकार कृष्ण कुमार श्रेष्ठ, सचिव महेश खनालले खेल गतिविधि आयोजनासंगै प्रचारप्रसार महत्वपूर्ण हुने भन्दै मिडिया क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।