शनिवार , आश्विन ६, २०८०
काठमाडौं, ६ असोज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीका कठोर दिनहरुको स्मरण गरेका छन ।दोस्रो संविधानसभाबाट नयाँ संबिधान निमार्ण भइरहेको बेला भारतले गरेको नाकाबन्दीको ओलीले स्मरण गरेका हुन ।
ओलीले ‘इतिहासमा आज’ भन्दै ती कष्टकर दिनको सम्झना गरेका छन । ‘आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन्, तिनलाई कहिलै बिर्सिन सकिँदैन । अस्पतालमा अक्सिजन, औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्याँस लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो, इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नुपर्ने पीडा भोग्यौं ।’
ओलीले स्मरण गर्दै भनेका छन, ‘देशभित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब ६ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।’
उनी अगाडी सम्झन्छन, ‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ । जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन ।’ उनले सामाजिक सञ्जालबाट सोधेका छन, ‘तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
