२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

इन्टर स्पोर्ट्सको टिसर्ट सार्वजनिक : खेलकुदसँगै सामाजिक गतिविधिलाई अघि बढाउने 

आइतवार , आश्विन ७, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बुटवल, ७ असोज ।
    इन्टर स्पोर्ट्स क्लब बुटवलले क्लबलाई प्राप्त भएको नयाँ टिसर्ट सार्वजनिक गरेको छ । शनिबार क्लब भवनमा आयोजित एक कार्यक्रममा टिसर्ट सार्वजनिक गरिएको क्लबका अध्यक्ष शंकर गैरेले जानकारी दिए । 

    बुटवलको पुरानो तथा चर्चित क्लबका रूपमा पहिचान बनाएको क्लबलाई हाल हङकङ निवासी सुरेश गलामी मगरले ४० थान टिसर्ट उपलब्ध गराएका थिए । क्लवका अध्यक्ष शंकर गैरे, उपाध्यक्ष अशोक सेन, सचिव रमेश मल्ल, कोषाध्यक्ष झबिन्द्र राज बस्याल तथा क्लबका पदाधिकारी तथा सदस्यहरुले टिसर्ट सार्वजनिक गर्दै क्लबका संस्थापक सदस्य सुरेश गलामी मगरलाई विशेष धन्यवाद व्यक्त गरेका थिए । 

    त्यसै गरी क्लवले वार्षिक योजनाअनुसार विभिन्न सामाजिक गतिविधिलाई पनि अघि बढाउने निर्णय गरेको जनाएको छ । रुपन्देहीलगायत विभिन्न जिल्लामा भएका फुटबल प्रतियोगितामा इन्टरले दर्जनौ पटक उपाधि चुमिसकेको छ भने क्लबबाट खेलेका धेरै खेलाडी राष्ट्रिय टोलीमा पनि परिसकेको उपाध्यक्ष अशोक सेन बताउँछन् ।