२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

लुम्बिनी अस्पतालका मेसु खनालले लगाए पहिलो खोप 

बुधवार , माघ १४, २०७७

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • बुटवल। भारत सरकारले निशुल्क उपलब्ध गराएको कोभिड १९ बिरुद्धको खोप लुम्बिनी प्रदेशमा पनि लगाउन शुरु गरिएको छ। 

    बिहान ९ बजेबाट शुरु भएको खोपको लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन डा।राजेन्द्र खनालले लगाएर शुभारम्भ गरिएको छ।  

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितीमा लुम्बिनी प्रदेशमा खोप अभियानको शुरुवात भएको हो। 

    डा.खनालले खोप लगाएपछि खोपको औपचारिक रुपमा सुरुवात गरिएको र अन्य स्वास्थ्यकर्मीलाई पनि क्रमश लगाउन लागिएको लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रवत्ता डा. पुष्पराज पौडेलले जानकारी दिए।

    अहिले स्वास्थ्यकर्मी, शुरक्षाकर्मी र सफाईकर्मीलाई खोप लगाउने कार्य जारी  छ।