२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

एकता महिला समूह सिद्धार्थनगर–६ को चौथो साधारणसभा सम्पन्न

सोमवार , आश्विन ८, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, ८ असोज ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अन्तर्गत महिला तथा बालबालिका विकास शाखाद्वारा गठित सिद्धार्थनगर–६ स्थित दुर्गा कलोनीमा रहेको एकता महिला समूहको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    शनिबार भैरहवामा सम्पन्न साधारणसभामा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले तालिममा सिकेका कुरा अरुलाई पनि सिकाउनुपर्ने बताइन् । उनले समूहगत रुपमा कार्यक्रमहरु गरे उपलब्धीमूलक हुनेमा जोड दिइन् ।

    एकता महिला समूहकी अध्यक्ष सकुन्तला अधिकारीको अध्यक्षता, नगर उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवको विशिष्ट आतिथ्यता तथा एकता महिला समूहकी उपाध्यक्ष सुष्मा शर्माको स्वागत तथा सचिव रश्मि कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    त्यस्तै महिला समूहको बारेमा उषा पाठक र वर्षा अर्यालले प्रकाश पारेका थिए ।