२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा ट्वीन क्लब गठन

सोमवार , आश्विन ८, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बुटवल, ८ असोज ।
    रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले दुईवटा ट्वीन क्लब गठन गरेको छ । क्लबको सिद्धार्थनगरमा भएको प्रथम पी एस मिटमा रोट्रयाक्ट क्लब अफ बाग्लुङ र रोट्रयाक्ट क्लब अफ रुद्रमतिसँग संयुक्त रुपमा ट्वीन गठन गरेको क्लबका संस्थापक अध्यक्ष विमल ढकालले जानकारी दिए ।

    डीआरआर रोशन कार्की, डीआरआर इलेक्ट विक्रम क्षेत्रीको उपस्थितीमा स्टार्सका संस्थापक अध्यक्ष विमल ढकाल, पूर्वअध्यक्ष कुक्ति भण्डारी र वर्तमान अध्यक्ष जय भण्डारीले संयुक्त हस्ताक्षर गरी ट्वीन गठन गरिएको हो ।

    उक्त कार्यक्रमबाट क्लबको संयुक्त कार्यको सुरुवात भएको अध्यक्ष जय भण्डारीले बताए । उनले अन्य दुई क्लबसँगको सहकार्यले क्लब झनै बलियो हुने बताए । संस्थापक अध्यक्ष ढकालले क्लबले अघि सारेको ट्वीन कार्यक्रम फलदायी हुने भन्दै यसलाई निरन्तरता दिने बताए । 

    कार्यक्रममा क्लबका प्रेसिडेन्ट नोमिनी सरोज पाण्डे, सचिव गौरव पाण्डे, कोषाध्यक्ष नारायण अधिकारी, सदस्यहरु विश्वास घिमिरे, लक्ष्मण कुर्मी, प्रकाश भण्डारी, रीता थापा, सुर्य नेपाली साथै अन्य क्लबका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।