images

सोमवार, बैशाख १७ गते २०८१

भुमाफिया र मालपोत कार्यालयको चलखेल : विमानस्थल रन–वे रहेको जग्गा नै व्यक्तिका नाममा दर्ता

भुमाफिया र मालपोत कार्यालयको चलखेल : विमानस्थल रन–वे रहेको जग्गा नै व्यक्तिका नाममा दर्ता

images
images
images
बुधवार, आश्विन १० २०८०
बुधवार, आश्विन १० २०८०
  • भुमाफिया र मालपोत कार्यालयको चलखेल : विमानस्थल रन–वे रहेको जग्गा नै व्यक्तिका नाममा दर्ता

    भैरहवा, १० असोज । भुमाफिया गिरोह र मालपोत कार्यालयको मिलोमतोमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ ।

    images

    मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कुमार आचार्य नेतृत्वका कर्मचारीसहितको टीम र भुमाफिया गिरोहको मिलोमतोमा विमानस्थलको रन–वे क्षेत्र नै व्यक्तिको नाममा दर्ता गरेको तथ्य बाहिरिएको छ ।

    २०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि तत्कालिन समयमा ७ नम्बर फाटवारीमा सुर्जा मिश्राईनले ३० बिगाह १४ कठ्ठा १४ धुर जग्गाको फाटवारी भरेको देखिन्छ ।

    यही फाटवारीको अन्तिम महलमा हदबन्दी भन्दा बढी जग्गा भए राख्ने वा छाड्ने भन्नेमा करिब ४ बिगाह जग्गा कालिजी (भगवान) लाई दान गरेको हुँदा छाड्ने उल्लेख छ ।

    jagga 1111.jpg
    तत्कालीन जग्गा धनी सुर्जा मिश्राइनले कालिकालीजीलाई दिएको

    ३० बिगाहमध्ये १३ बिगाह १३ कठ्ठा ८ धुर मोहीमा परेको छ । त्यसमध्ये १० बिगाह ६ कठ्ठा १९ धुर पर्वतराज कान्त मिश्राको नाममा गएको देखिन्छ । त्यसमध्ये ६ बिगाह १ कठ्ठा ६ धुर जग्गा फिल्डबुकमा खाली रहेको छ । फिल्डबुकमा कसैको पनि नाम उल्लेख नभएको उक्त जग्गामध्ये ४ बिगाह १७ कठ्ठा ६ धुर जग्गालाई मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र नायब शुब्बा अजित साहनीले २०८० वैशाख ८ गते पर्वतराज कान्त मिश्राको नाममा दर्ता गराएका हुन् ।

    मालपोत कार्यालयबाट पर्वतराज कान्त मिश्राको नाममा दर्ता गरेको जग्गाको मुअब्जाको लागि गौतमबुद्ध विमानस्थल सुढृढीकरण कार्य आयोजना कार्यान्वयन ईकाईमा निवेदन परेपछि जग्गाको विवादसहितको रहस्य बाहिर आएको हो ।

    मालपोत कार्यालयले पर्वतराज कान्त मिश्राको नाममा दर्ताका गरेको जग्गाको मुअब्जाका लागि निवेदन परेको र यस विषयमा स्थानीयदेखि अन्य सरकारी कार्यालयमा समेत फाइल पुगेकाले आफूहरु कानूनी परामर्शमा रहेको आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले जानकारी दिए । उनले उक्त जग्गाको मुआब्जाका लागि निवदेन आए लगत्तै स्थानीय व्यक्तिहरुले उक्त जग्गा कालीजीलाई दान गरेकाले व्यक्तिलाई मुआब्जाको रकम उपलब्ध नराउन भन्दै डेलिगेशन आएकाले सरोकारवाल निकायसँग छलफल चलिरहेको अधिकारीको भनाइ छ ।

    आयोजना प्रमुखलाइ निवेदन.jpg
    जग्गा रोक्काकाे लागि आयोजनालाई दिएकाे सथानियकाे निवेदन

    मालपोत कार्यालयले पर्वतराज कान्तको नाममा दर्ता गराएको उक्त जग्गा जग्गाधनी सुर्जा मिश्राईनले कालीजी (भगवान) लाई दान गर्ने भने अनुरुप व्यक्तिको हुनै नसक्ने स्थानीको दावी छ ।

    तर, अहिले त्यही कालीजीलाई दान गरिएको जग्गालाई सिद्धार्थनगर नगरपालिका–१० निवासी पर्वतराज कान्त मिश्राले छुट कित्ता भन्दै मालपोत कार्यालय रुपन्देहीमा निवेदन दिएका थिए । उक्त जग्गालाई भुमाफिया गिरोह र मालपोत कार्यालयलाई आफ्नो पक्षमा पारी आफ्नो नाममा दर्ता गराउन मिश्राले ठुलो संघर्ष गरेको देखिन्छ । मिश्राले ३० बिगाह १४ कठ्ठा १४ धुर जग्गामध्ये कालिजीलाई दान गरिएको ४ बिगाह १७ कठ्ठा जग्गालाई मालपोत कार्यालयले सरोकारवाला पक्षको राय सुझाव विनै व्यत्तिको नाममा दर्ता गरेको पाइएको छ ।

    मालपोत कार्यालयले रुपन्देहीले भुजौली ९ (ख) को कित्ता नम्बर ७, ३२, ६७, ६८, ९२, ९४ र ९ (क) को कित्ता नम्बर २९ लाई पर्वतराज कान्त मिश्राको नाममा दर्ता गरिहिएको छ । मिश्राको नाममा रहेका ४ बिगाह १७ कठ्ठा बाहेकको अन्य जग्गा विभिन्न समयमा विक्रीवितरण गरिएको छ ।

    jagga 2बबबबबब.jpg

    सुर्जा मिश्राईनको २०२५ साल माघ १८ गते मृत्यु भएको र उनी निसन्तान भएका कारण उनको नजिकको हकदार को हो भन्नेमा लामो समयसम्म विवाद रहेको थियो । विवाद लम्बिदै गएपछि सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो । २०३६ साल जेठ १८ मा सर्वोच्चको फैसाला अनुसार नजिकको हकदारको रुपमा रमाकान्त मिश्रालाई तोकिएको थियो । जग्गा आफ्नो नाममा पार्ने पर्वतराज कान्त मिश्रा रमाकान्तका नाती हुन् ।

    मिश्रा लामो समयदेखि भारतको गोरखपुरमा बस्दै आएका छन् । उनी भैरहवा आउँदा बस्ने आफ्नो घर समेत छैन् । उनलाई भैरहवामा सहजै भेट्न सकिदैन् । यस विषयमा बुझ्नका लागि उनलाई खोज्दा उनलाई भेट्न नसकिएको र स्थानीयलाई सोध्दा उनी भारतको गोरखपुर बस्ने गरेको बताएका छन् ।

    मालपोतले पर्वतराजको नाममा दर्ता गराएको उक्त कित्ताको जग्गाको विषयमा लामो समयदेखि अदालतमा मुद्दा रहेको थियो । अदालतले यस विषयमा जग्गा पर्वतराज कान्त मिश्राको नाममा दर्ता गर्नुपर्ने धारणासहितको आदेश दिएको छैन ।

    उच्च अदालत तुल्सीपुर, बुटवल ईजलासका न्यायधीश चन्द्र बहादुर सारु र किरण पौडेलको संयुक्त ईजलासले परमादेश दिदै रिट निवेदक पर्वतराज कान्त मिश्राले मिति २०७८ साल ९ महिना २५ गते दिएको निवेदनउपर कुनै निर्णय गरेको नदेखिदा जे जो बुझ्नुपर्ने हो बुझी आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षी भूमिसुधार तथा मालपोत कार्यालय रुपन्देहीको नाममा परमादेश जारी गरिएको छ ।

    तर, मालपोत कार्यालय रुपन्देहीका प्रमुख कुमार आचार्यले अदालतको परामादेशलाई टेकेर आफुले उक्त कित्ताको जग्गा पर्वतराज कान्त मिश्राको नाममा दर्ता गरिएको बताए । उनले विवादित जग्गाको विषयमा जिल्ला प्रशाशन कार्यालयमा शाखा अधिकृतसँग मौखिक रुपमा सोधेको र अन्यसँग सोध्न नपर्ने भएकाले जग्गाको विषयमा निर्णय गरिएको बताए ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थलभित्रको जग्गाको विषयमा जिल्ला प्रशासन कार्यालयले अनुसन्धान सुरु गरेको बताए । प्रजिअ अर्यालकाअनुसार उक्त जग्गाको विषयमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुढृढीकरण कार्य आयोजना कार्यान्वयन ईकाई र स्थानीयबासीले विशेष चासो लिएका कारण मालपोत कार्यालय, नापी कार्यालय र विमानस्थल आयोजनाका प्रमुखसँग जग्गाको विषयमा फाईल मगाएर अध्ययन सुरु गरिएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij