
बुधवार , आश्विन १०, २०८०
तिलोतमा, १० असोज ।
लियो क्लब अफ भलवारी सिटीको आयोजनामा पहिलोपटक अण्डर–१६ फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही असोज १२ गतेदेखि तिलोत्तमा नगरपालिकाको भलवारीस्थित सनराइज फुटसल ग्राउण्डमा हुने क्लबका अध्यक्ष नितेश जयसवालले बताए ।
प्रतियोगितामा रुपन्देही जिल्लाभरीका ३२ वटा टीमको सहभागीता रहने जयसवालले जानकारी दिए ।
२ दिनसम्म चल्ने प्रतियोगितामा १ लाख अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद रु. १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. १० हजार पाउनेछन् । प्रतियोगितामा प्रवेश शुल्क वापत रु. २ हजार तोकिएको छ ।
प्रतियोगिताबाट जिल्लास्तरको खेलाडीको प्रतिभा प्रस्फुटन गर्न मद्दत हुने र प्रतियोगिताबाट बचेको रकम सामाजिक कार्यमा खर्चिने कार्यक्रम संयोजक सुरज क्षेत्रीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij