२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

मोहम्मद जयन्तीले सामाजिक सद्भाव अभिवृद्धि गर्ने विश्वास लिएको छु : मन्त्री पाण्डेय

बिहिवार , आश्विन ११, २०८०

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ११ असोज ।
    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले मोहम्मद जयन्ती (डे) धार्मिक साँस्कृतिक चाड भएको र यसले हामीबीच सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने विश्वास लिएको बताएका छन् । उनले इस्लाम धर्मका पैगम्बर मोहम्मद साहेबको जन्मदिन तथा बाह्र रवि औव्वलको अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।

    मन्त्री पाण्डेयले पैगम्बर मोहम्मदले देखाएका बाटोहबाट नेपाली समुदायहरुबीच आपसी भाइचारा, सौहार्दपूर्ण सम्बन्ध विकसित गरी सबै किसिमका मतभेदहरुलाई आपसरी समन्वयबाट निराकरण गर्दै देशलाई समृद्धितर्फ लैजानको लागि हौसला तथा सकारात्मक उर्जा सबै नेपालीहरुमा आउने अपेक्षा गरेको छन् ।

    शुभकामना सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक विविधायुक्त हाम्रो समाजमा मनाइने यसप्रकारका चाडपर्वहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व हो ।’

    Image_oqC9C4F.jpg