२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

कञ्चनमा लुम्बिनी प्रादेशिक हेल्थ केयर बुटवलद्वारा स्वास्थ्य शिक्षा एवं शिविर

बिहिवार , आश्विन ११, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • बुटवल, ११ असोज ।
    विद्यालयमा रहेका विद्यार्थीहरुलाइ प्रदान गरेको सूचना र जानकारी प्रभावकारी हुने भएको भन्दै विद्यालयस्तरीय स्वास्थ्य शिक्षा तथा शिविर सञ्चालन गरिएको छ । 

    रुपन्देहीको कञ्चन गाउँपालिका र लुम्बिनी प्रादेशिक हेल्थ केयर प्रावि बुटवलको सहकार्यमा विद्यालयस्तरीय स्वास्थ्य शिक्षा तथा शिविर सञ्चालन गरिएको हो ।

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नवराज ढकालले कञ्चनले स्वास्थ्यलाई प्राथमिकता राखेको बताउँदै यो कार्यक्रम प्रभावकारी रहेको बताए । उनले शिविर सञ्चालन गरेकोमा लुम्बिनी प्रादेशिक हेल्थ केयर प्रावि बुटवललाई धन्यवाद व्यक्त गरे । उनले दन्त स्वास्थ्य र मानसिक स्वास्थ्यको विषय पछिल्लो समय निकै संवेदनशील रहेको बताउँदै किशोरकिशोरीहरूलाई मानसिक रूपमा सबल बनाउन आवश्यक रहेको बताए ।

    उनले बालबालिकामार्फत नै समाजमा सकारात्मक रूपान्तरण ल्याउन सहज हुने भएकाले उक्त उद्देश्य पूरा गर्न पालिकाका १० वटा माध्यमिक विद्यालयहरूमा माध्यमिक तहका विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य प्रजनन स्वास्थ्य मुख स्वास्थ्य र महिनावारी सतर्कताको विषयमा अभिमुखीकरण र  दन्त स्वास्थ्य परीक्षण कार्यक्रम अभियानको रूपमा सञ्चालन गरिएको बताए ।

    कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी पुनले किशोर किशोरीहरूको सक्रियतामा समृद्ध समाज निर्माण हुने बताइन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै यसको प्रभावकारिताको बारेमा बताए ।

    लुम्बिनी प्रादेशिक हेल्थ केयर कन्सल्टेन्सी प्राविका अध्यक्ष एवं मुख स्वास्थ्य अभियन्ता अमृत भुसालले स्वास्थ्यमा जागरण पैदा गर्ने हिसाबले लुम्बिनी प्रदेशलाई केन्द्रबिन्दुमा राखी आफ्ना कार्यक्रमहरू केन्द्रित गरिएको बताए ।

    कार्यक्रममा जनप्रतिनिधि, पालिकाका शिक्षा शाखा अधिकृत रमेश भुसाल, स्वास्थ्य अभियन्ता माधव सापकोटा लगायतले बोलेका थिए ।