images

आइतवार, बैशाख १६ गते २०८१

कुखुराको अवैध आयात रोक्न किसान नै सक्रिय

कुखुराको अवैध आयात रोक्न किसान नै सक्रिय

images
images
images
शुक्रवार, आश्विन १२ २०८०
शुक्रवार, आश्विन १२ २०८०
  • कुखुराको अवैध आयात रोक्न किसान नै सक्रिय

    भैरहवा, १२ असोज ।
    आयातमा रोक लागेको भारतीय कुखुरा सस्तो भएपछि नेपालमा अवैध आयात बढेको छ । सीमा निगरानीका लागि खटिएका सुरक्षा निकायको सुरक्षा बार सहजै तोडेलर कुखुरा भित्रिन थालेपछि त्यसलाई रोक्न किसानहरु आफै लागेका छन् ।

    images

    अहिले भारतमा जिउँदो कुखुराको मूल्य भारतीय १२८ र मासुको मूल्य १५० रुपैयाँ मात्रै छ । नेपालमा जिउँदो कुखुरा २७० र मासुको मूल्य ४२० रुपैयाँ पर्छ । मूल्यमा ठूलो अन्तर भएपछि रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका नाकाबाट अवैध तस्करी बढेको छ ।

    अझ नाकामा खुकुलो निगरानी र सामान्य जरिवाना तिरेर छानबीन बिनै तस्करहरु छुटिरहेकाले अवैध आयात बढिरहेको पशु क्वारेन्टाइन चेक पोष्ट बेलहियाका प्रमुख सन्तोष यादवले बताए । अवैध आयात बढेपछि मारमा परेका सीमावर्ती जिल्लाका कुखुरापालक किसान अहिले तस्करी रोक्न आफै सक्रिय भएका छन् । गएको आइतबार रुपन्देहीको मर्चवार क्षेत्रबाट तस्करी भइरहेको साढे ३ सय किलो कुखुरासहित सवारीसाधन र ३ जना व्यक्तिलाई नियन्त्रणमा लिई किसानहरुले प्रहरीलाई बुझाएका छन् । ठाउँठाउँमा प्रहरीको निगरानी भए पनि कुखुरा तस्करी प्रहरीको छेकाबारबाट सजिलै उम्किरहेको किसानहरुको गुनासो छ ।

    प्रहरीले कडाइ गरे तस्करी सजिलै रोकिने किसानहरु बताउँछन् । गएको २ महिनामा नवलपरासी पश्चिम, कपिलबस्तु र रुपन्देहीका पशु क्वारेन्टाइन कार्यालयले भारतबाट तस्करी भएको ५ हजार बढी किलो मासु नष्ट गरेको छ । ७ हजार ५ सय २० गोटा कुखुराका चल्ला र करिब २ हजार किलो माछा नष्ट गरेको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक भक्त न्यूरेले जानकारी दिए ।

    छ्यापछ्यापती भारतीय कुखुरा बजारमा पाइन थालेपछि नेपाली कुखुरापालक किसान मारमा परेका छन् । सुरक्षा निकायको आँखा छलेर अवैध कुखुरा आइरहे पनि सीमा निगरानीका लागि खासै पहल हुन सकेको छैन् । सीमा निगरानीका लागि सशस्त्र प्रहरी पहिलो बारका रुपमा नाकामा तैनाथ छ । ठाउँठाउँमा जनपथ प्रहरीको पनि उपस्थिति छ । तर, सुरक्षा बार तोडेर नाकामा तस्करी भइरहको छ । सीमा नजिकै रहेका कुखुरापालक किसानको अभिलेख छैन । न त खोलिएका फार्म र  मासु पसलहरु दर्ता नै छन् । त्यस्ता व्यापारीले किसानका नाममा भारतीय कुखुरा तस्करी गर्ने गरेको तथ्य फेला परेको छ ।

    बर्डफ्लूको उच्च जोखिमका कारण भारतबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा प्रतिबन्ध छ । तथ्यांकअनुसार कुखुराको मासुमा मुलुक आत्मनिर्भर भनिए पनि सीमावर्ती बजारहरुमा भारतीय कुखुराको मासु विक्री भइरहेको छ ।

    040.jpg

    कुखुरा विक्रीका लागि स्वस्थकर प्रमाणपत्र आवश्यक पर्छ । तस्करी भइरहेका कुखुराको नेपालका पशु चिकित्सकहरुले स्वस्थकर प्रमाणपत्र जारी गर्ने गरेको पाइए पनि कारवाही भएको छैन् । ब्रोईलर कुखुरामा सरकारले कुनै अनुदान दिँदैन, बीमा कम्पनीले बीमा गर्न मान्दैनन्, दाना, ब्रिड र बैंक कर्जा महंगो छ जसले गर्दा किसानको उत्पादन लागत बढिरहेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij