२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

बुटवल सामुदायिक वनको साधारण सभा तथा परिषद् भेला 

सोमवार , आश्विन १५, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बुटवल, १५ असोज । 
    बुटवल सामुदायिक वन उपभोक्ता समूह बुटवल, रुपन्देहीको १७ औ साधारण सभा तथा ५ औं परिषद् भेला सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने सामुदायिक वनको क्षेत्रफल ४९७.९७ हेक्टर रहेको सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभामा वक्ताहरुले वन संरक्षणमा जुट्न र आफ्ना अधिकार सुनिश्चत गर्न एककजुट भएर लाग्न आग्रह गरेको छ । 

    सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बाबुराम पौडेलको अध्यक्षता तथा डिभिजन वन कार्यालय रुपन्देहीका वन अधिकृत गकुल पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समुदायले नै वनको संरक्षणमा महत्वपूर्ण योगदान दिएकाले राज्यले सामुदायिक वन उपभोक्ता समुहका अधिकार खोस्ने र अनुचित कर लगाउने काम गलत भएकोले यसलाइ सच्याउन सरकारसँग माग गरे । 

    कार्यक्रममा बुटवल–२ का वडा सदस्य गौतमलाल शाक्य, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष महेन्द्र भुसाल, मणिमुकुन्द सेन उद्यानका उपाध्यक्ष माधव श्रेष्ठ, बुटवल इञ्जिनियरिङ एशोसियशनका अध्यक्ष तुल्सी न्यौपाने, परिषद सदस्य पदमलाल शाक्य लगायतले बोलेका थिए।

    कार्यक्रममा अध्यक्ष बाबुराम पौडेलले संस्थाको वार्षिक निति तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले वन क्षेत्रमा भुक्षय रोक्न वृक्षारोपण गर्ने, चोरी निकासी रोक्न तारबार गर्ने उपभोक्ता सदस्य विस्तार गर्ने भावी योजना रहेको बताए ।

    कार्यक्रममा कोषाध्यक्ष समा श्रेष्ठले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक कृष्ण पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष जिवलाल पौडेलले स्वागत तथा सचिव रन्जु भट्टराईको सञ्चालनमा कार्यक्रममा सम्पन्न भएको थियो ।