२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

एसियाली खेलकुद: पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने

सोमवार , आश्विन १५, २०८०

काठमाडौं,१५ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतलाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

नेपाल र भारतबिचको क्वार्टरफाइनल खेल मंगलबार खेलिने छ । नेपाली टोली समूहगत चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो । प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा हङकङले पाकिस्तानको सामना गर्नेछ ।