सोमवार , आश्विन १५, २०८०
काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिव मधु कुमार मरासिनीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोमबार आयोगले विशेष अदालतमा सचिव मधु कुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij