images

शनिवार, बैशाख २२ गते २०८१

गुल्मीमा कोरोनाविरूद्धको खोप लगाउन सुरु 

गुल्मीमा कोरोनाविरूद्धको खोप लगाउन सुरु 

images
images
images
बिहिवार, माघ १५ २०७७
बिहिवार, माघ १५ २०७७
  • गुल्मीमा कोरोनाविरूद्धको खोप लगाउन सुरु 

    गुल्मी, १५ माघ ।
    लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गुल्मीमा ल्याइएको कोरोना भाइरसविरुद्धको खोप गुल्मीमा पनि खोप लगाउन सुरु गरिएको छ । बिहीबार गुल्मी अस्पतालमा स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी प्रसाद शर्माले कारोनाविरुद्धको खोप लगाएर अभियान सुरु गरिएको हो । 

    images
    images
    images

    महामारीको रूपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको खोप भारतबाट नेपाल ल्याएपछि देशका विभिन्न जिल्लामा बुधबारदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । ४ हजार ९५ जनाका लागि ८७ हजार ६ सय ७९ डोजको खोप गुल्मीमा ल्याइएको छ । स्वास्थ्यकर्मीहरूलाई प्राथमिकतामा राखेर कोरोनाविरूद्धको खोप अभियान सुरु गरिएको छ ।  

    गुल्मीमा आइपुगेको खोप बिहीबारदेखि स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, कोरोनाका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मीहरुमा लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानी प्रसाद शर्माले जानाकारी दिए । खोप लगाइसकेपछि केही समस्या आउन सक्ने भएकाले पहिलो डोजको खोप सबैले गुल्मी अस्पतालमा आएर लगाउनुपर्ने स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. शर्माले बताए । त्यसपछि खोप विस्तारै सर्वसाधारणमा जानेछ । खोपले केही असर नपार्ने भएकाले खोप लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 

    कोरोनाविरूद्धको खोप लगाउन कसैले शंका नगर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । यस खोपले कुनै अन्य प्रभाव नपार्ने भन्दै ढुक्कसंग कोरोनाविरूद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका हुन् । कोरोनाविरूद्धको खोप आएकाले सरकारले तोकेको लक्षित वर्गलाई लगाइने भएकाले नागरिकलाई नआत्तिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आग्रह गरेकी छन् । 


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij