images

शनिवार, बैशाख १५ गते २०८१

रुपन्देहीमा कृषितर्फ ७ करोड बजेट

रुपन्देहीमा कृषितर्फ ७ करोड बजेट

images
images
images
मंगलवार, आश्विन १६ २०८०
मंगलवार, आश्विन १६ २०८०
  • रुपन्देहीमा कृषितर्फ ७ करोड बजेट

    भैरहवा, १६ असोज ।
    रुपन्देहीमा कृषि क्षेत्रको विकासका लागि ७ करोड ३७ लाख बराबरको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि उक्त रकम सार्वजनिक गरेका हो । 

    images

    कृषि उत्पादन, खाद्य तथा पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, ब्लक विकास कार्यक्रम, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रम लगायतमा आधारित भएर बजेट बिनियोजन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्यालले जानकारी दिए । कृषि उत्पादन, खाद्य तथा पोषण कार्यक्रममा १९ वटा शिर्षक समावेश गरी ३ करोड ४० लाख ९७ हजार विनियोजन भएको छ । 

    त्यस्तै स्मार्ट कृषि गाउँ कार्यक्रममा ४७ लाख, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रममा ३८ लाख ७६ हजार, मकैको ब्लक विकास कार्यक्रममा १९ लाख छुट्टयाइएको छ । संघको सशर्त अनुदान अन्तरगत ५० लाख बजेटमा उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन हुने केन्द्रले जनाएको छ ।

    प्रदेशले बजेट सार्वजनिक समयमै गरे पनि कार्यविधि बन्न समय लागेकाले कार्यक्रम सार्वजनिक गर्न समय लागेको छ । लक्ष्यअनुसार कार्यसम्पादन गर्न अब प्रक्रियागत रुपमा लाग्ने कार्यालयले जनाएको छ ।

    रुपन्देही खाद्यान्न बालीमा आत्मनिर्भर छ । वार्षिक करिब ८० हजार मेट्रिकटन उत्पादन हुने तरकारीमा आत्मनिर्भर उन्मुख छ । तेलहन र दलहन बालीमा पनि उत्पादन बढ्दो क्रममा छ । 
    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै यान्त्रिकीकरणमा जोड दिन प्रदेशसँगै स्थानीय तहका प्राविधिकहरुले पनि विशेष पहल गर्नुपर्ने बताए ।

    खेतीयोग्य जमिन कम हुँदै गइरहेका बेला अहिलेको आवश्यकता उत्पादकत्व कसरी बढाउन सकिन्छ त्यसतर्फ कृषि ज्ञान केन्द्र लाग्नुपर्ने वार्षिक कार्यक्रम सार्वजनिकीकरणमा बोल्ने वक्ताहरुले बताए ।  
        
      

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij