images

आइतवार, बैशाख १६ गते २०८१

पशुपालनबाट बढी लाभ लिनका लागि पशु आहार सुधार गर्न नेदल्याण्डका विज्ञको सुझाव 

पशुपालनबाट बढी लाभ लिनका लागि पशु आहार सुधार गर्न नेदल्याण्डका विज्ञको सुझाव 

images
images
images
मंगलवार, आश्विन १६ २०८०
मंगलवार, आश्विन १६ २०८०
  • पशुपालनबाट बढी लाभ लिनका लागि पशु आहार सुधार गर्न नेदल्याण्डका विज्ञको सुझाव 

    बुटवल, १६ असोज । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ स्थित उत्तम साईलेज उद्योग र उन्नत एग्रो फार्मले पशुपालक किसानहरुलाई तालिम सञ्चालन गरेको छ । नेदरल्याण्डबाट आएका पशु विज्ञको सहयोगमा तीन दिनसम्म गोठमै पुगेर सैद्वान्तिक तथा प्रयोगात्मक तालिम सञ्चालन गरिएको होे ।  

    images

    गाईपालन गर्दा आउने समस्या, पशु आहार, गोबरबाट गाईको अवस्था थाहा पाउने तरिका, खुट्टाको खुरबाट आउने समस्या, खुर काट्ने तरिका र तौल मापनसँगै रोग पत्ता लगाउने तरिकाको विषयमा प्रयोगात्मक तालिम सञ्चालन गरिएको हो । 

    पोम नेदरल्याण्डका पशु विशेषज्ञ ब्रेण्ड जन स्टोईलले कृषक पशुपालन व्यवसायबाट बढी लाभ लिनको लागि हरियो घाँसको प्रयोगमा जोड दिए । कार्यक्रमको सहजीकरण समेत गरेका उनले गाईलाई रोग लाग्नु भन्दा अघि देखाउने लक्षण र समस्या सामाधानका उपायका बारेमा सैद्वान्तिक ज्ञान प्रदान गरेका थिए । गाईको गोबरको अवस्था हेरेर गाईको स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने बताउँदै उनले पशु आहारमा सुधार गर्न सके किसानले बढी लाभ लिन सक्ने सुनाए ।  

    तिलोत्तमामा विगत १० वर्षदेखि व्यवसायिक पशुपालन गर्दै आएका किसान तथा उत्तम साईलेज उद्योगका सञ्चालक भेषराज पाण्डेयले पशुपालन किसानलाई लाभ मिल्ने गरी अति आवश्यक पर्ने सैद्वान्तिक तथा प्रयोगात्मक तालिम सञ्चालन गरिएको जानकारी दिए ।

    तालिमले व्यवसायिक रुपमा पशुपालन सम्बन्धि धारणामा परिवर्तन आएको बताउँदै उनले पशुपालन गर्दा संरचना निर्माणलाई भन्दा आहार व्यवस्थापनलाई जोड दिँदै हरियो घाँसको आहारलाई प्रोत्साहित गरिनुपर्ने बताए । हरियो घाँसको प्रयोगले दुध उत्पादनमा वृद्धि हुँदा किसानलाई प्रत्यक्ष रुपमा फाइदा मिल्ने उनले सुनाए । पराल, गहुँको भुस वा दानाको प्रयोगको सट्टा हरियो घाँसलाई मिलाएर पशुको आहारा बनाउन सके दुधको उत्पादनमा वृद्धि गर्न सकिने पाण्डेयको भनाइ । हरियो घासँको प्रयोगले किसानको लागतमा कमी आउने मात्र नभइ गाईभैसीलाई पनि फाइदा मिल्ने विज्ञबाट सुझाव आएको उनले सुनाए । 

    उन्नत एग्रो पार्मका सह–सञ्चालक रुपेश पाण्डेयले नेदरल्याण्डमा गरिने व्यवसायिक गाईपालनको अध्ययन गरेको र त्यहाँ सिकेको सीपलाई सोहीअनुसार किसानलाई प्रोत्साहन गर्नको लागि तालिम सञ्चालन गरिएको जानकारी दिए  । १५ दिनसम्म नेदल्याण्डमा गएर गाईपालनको अध्ययन गरेको र त्यहाँका पशुविज्ञबाट कृषकहरुलाई प्रत्यक्ष लाभ मिल्ने गरी तालिम सञ्चालन गरिएको बताए । 

    मंगलबारसम्म सञ्चालन हुने तीनदिने कार्यशाला (तालिम) बाट तिलोत्तमाका २० जना व्यवसायिक पशुपालक किसानहरु लाभान्वित हुने भएका छन् ।  

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij