२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

मंगलवार , आश्विन १६, २०८०

काठमाडौं, १६ असोज । 
भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिइको हो । प्रतियोगिताको जारी क्वार्टरफाइनल खेलमा भारतले नेपालविरुद्ध सुरुवाती आक्रामक बिष्फोटक रुपमा गरेको थियो । 

टस जितेर पहिले ब्याटिङमा गएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाउन सफल भएको हो ।

सो खेल झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भइरहेको छ । जुन खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजेवाट सुरु भएको हो ।

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको थियो । कप्तान रोहित पौडेलले प्रतिष्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका थिए । जसअनुसार मंगलबार (आज) नेपाल भारतबीच प्रतिष्पर्धा भइरहेको हो ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति विश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ ।