images

आइतवार, बैशाख १६ गते २०८१

डेल्टा रानी जातकाे धान फल्दै नफली सुक्न थाले, निजगढका किसानले लगाए आगो

डेल्टा रानी जातकाे धान फल्दै नफली सुक्न थाले, निजगढका किसानले लगाए आगो

images
images
images
मंगलवार, आश्विन १६ २०८०
मंगलवार, आश्विन १६ २०८०
  • डेल्टा रानी जातकाे धान फल्दै नफली सुक्न थाले, निजगढका किसानले लगाए आगो

    बारा, १६ असाेज । कमसल बिउको कारण फल्दै नफली सुक्न थालेपछि निजगढ- ९ का किसानले धानको बोट काटेर आगो लगाउन थालेका छन् ।

    images

    उन्नत जातको भनेर मंहगोमा खरिद गरेर रोपेको धानमा रोग लागेर दाना नलागे पछि चिन्तित बनेका किसानहरुले धान काटेर आगो लगाउन थालेका हुन् ।

    वर्षभरी खाने र घर खर्चसमेत चलाउने भनेर लगाएको धान थारो बसे पछि आफूहरु समस्यामा परेको निजगढ-९ देउराली पथका किसान चन्द्रबहादुर श्रेष्ठले बताए । ऋण काढेर लगाएको धान फल्दै नफले पछि नोक्सानी बेहोर्नु परेको अर्का किसान छविलाल चौलागाईले बताए ।

    यता निजगढ ९ का वडा अध्यक्ष रामचन्द्र कटवालले वडाका दर्जन भन्दा बढी किसानले रोपेको धानमा बाला नलागेको गुनासो आएको बताए । उनले मानो रोपेर मुरी उब्जाउने आशमा धान रोपेका किसानको बाली बिग्रिए पछि पीडित बनेका किसानहरुलाई राहत दिने बारेमा नगर कार्यपालिकामा आफूहरुले छलफल गरेर निर्णय गर्ने बताए ।

    बिक्रेताले अन्य बिउले भन्दा बढी उत्पादन दिने बताए पछि यहाँका दर्जनौं किसानले डेल्टारानी जातको बीउ खरिद गरेर रोपेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij