२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

बाढी प्रभावित क्षेत्र कागबेनी पुगे गण्डकीका मुख्यमन्त्री पाण्डे

मंगलवार , आश्विन १६, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • पोखरा, १६ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे कागबेनी पुगेका छन् ।

    गत साउन २८ गते राती कागबेनीमा भिषण बाढी गएपछि त्यसको स्थलगत अध्ययन र अवोलकनका लागि उनी मुस्ताङको कागवेनी पुगेका हुन । 

    हिमाल पारीको जिल्लामा अचानक आएको उक्त बाढीले दर्जनौं घर तथा संरचनाहरु क्षति हुन पुगेको छ, जसमध्ये २ वटा बैंक पनि बगाएको थियो ।

    अहिले स्थानीयहरु पुनः निर्माणमा जुटिरहेको बेला पुगेका मुख्यमन्त्री पाण्डेसँग सहयोगका लागि अनुरोध गरेका छन । 

    प्रारम्भिक अनुमान अनुसार बाढीबाट करिव ३ अर्वभन्दा बढीको क्षति भएको छ ।