२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका, बझाङमा केही घरमा क्षति

मंगलवार , आश्विन १६, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • धनगढी, १६ असोज । सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका महशुश गरिएको छ ।

    बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको हो भने दोस्रो भुकम्पको झटका पनि महशुश गरिएको हाे । 

    सो भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

    बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङकाे दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभुत विद्यालयकाे भवन भत्केकाे खबर छ । मानविय क्षतिकाे भएकाे जानकारीमा अाएकाे छैन् । बिस्तृत बिवरण आउन बाँकी छ ।