२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

बझाङमा भूकम्प परी ६ जना घाइते, थप विवरण आउन बाँकि

मंगलवार , आश्विन १६, २०८०

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • बझाङ, १६ असोज । भूकम्पमा परी बझाङमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सत्यबादि मावि भोपुरका चार जना विद्यार्थी, केदार स्युँ गाउँपालिकामा एक जना, खप्तडछान्ना गाउँपालिकामा एक जना गरेर ६ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी इन्सपेटर दिपेश चौधरीका अनुसार घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। भूकम्प गएपछि थलारा मावि खोलीमा अध्ययनरत विद्यार्थीहरू भागदौड गर्ने क्रममा बेहोस भएको स्थनीयले जानकारी दिएको छ।

    एउटा बाख्रो मरेको प्रहरीले जनाएको छ। भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध भएको दिएको छ। अहिले साना तथा ठूला सवारिका साधन बन्द भएका छन्। जिल्ला भरिएको विवरण आउन अझै बाँकि छ।