२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

यसवर्ष टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

मंगलवार , आश्विन १६, २०८०

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, १६ असोज । 
    पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ । पञ्चाङ्ग निर्णायक समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दसैंको शुभसाइत सार्वजनिक गरेको हो ।

    घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ ।

    समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिने उल्लेख छ ।

    newskarkahna-news579970..jpg