२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

रामजानकी गौशालालाई निर्देशनालयद्वारा साईलेज तथा किट हस्तान्तरण

बुधवार , आश्विन १७, २०८०

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, १७ असोज । 
    ‘साना ठुला जनावर, माया गरौं बराबर’ भन्ने मूल नाराको साथ विश्व पशुपन्छी दिवस मनाएको छ । दिवसको अवसरमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले रुपन्देहीको सियारी गाउँपालिकाको गौशालामा विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

    निर्देशनालयले सियारी–३ स्थित रामजानकी गौशालामा अबसरमा साईलेज र किट सहयोग गरेको आर्थिक विकास तथा पशु सेवा शाखा प्रमुख गणेश प्रसाद खनालले जानकारी दिए ।
    पशुपन्छी विकास तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. प्रवेश सिंह कुवरको अध्यक्षतामा भएको कार्यक्रममा गौशालालाई पशु आहारामा सहयोग पुगोस् भनेर करिब २० क्विन्टल साईलेज तथा १ वटा उपचार किट गौशालाका अध्यक्ष हेमकुमार कुर्मीलाई हस्तान्तरण गरिएको छ । सो अबसरमा बोल्दै प्रमुख कुंवरले निर्देशनालयले आगामि दिनमा पनि यस्तो खालको सहयोगलाई निरन्तरता दिने उल्लेख गरे ।

    सियारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामचन्द्र कुर्मीले गौशाला सञ्चालनमा लागि विभिन्न किसिमको कठिनाइ रहेको उल्लेख गर्दै सबैको सहयोगको आवश्यकता रहेको उल्लेख गरे । 

    पशु सेवा शाखा प्रमुख गणेश प्रसाद खनालले गौशालालाई दिगो रुपमा संचालनको लागि गोबरको विविधिकरण गर्दै प्रांगारिक मल, गड्यौला मल, दाउरा आदि बनाउनको लागि प्रविधि हस्तान्तरण तथा हरियो घाँसमा आधारित आहारा व्यवस्थापनमा सहयोग गर्न आव्हान गरे ।
    कार्यक्रममा वडा सदस्य मंगल थारु, पशुपन्छी विकास निर्देशनालयका पशु विकास अधिकृत लोकराज भुसाल लगायतले बोल्दै गौशालालाई दिगो रुपमा सञ्चालनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।