२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

जन्मदिनको अवसरमा पक्लिहवा माविका विद्यार्थीहरुलाई पोशाक वितरण

बिहिवार , आश्विन १८, २०८०

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, १८ असोज ।
    आफ्नो जन्मदिनको अवसरमा भैरहवाकी युवा व्यवसायी तथा समाजसेवी सिर्जना बनियाले सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेकी छन् । उनले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवास्थित श्री पक्लिहवा माध्यमिक विद्यालयका ५१ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेकी हुन् । उनले विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्मका अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमकाबीच रु. ४० हजार बजारको विद्यालय पोशाक (सर्ट र पाइन्ट) वितरण गरेकी हुन् ।

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका–१ निवासी समाजसेवी बनियाले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई पोशाक वितरण गर्न पाउँदा खुसीको अनुभुति भएको बताइन् । उनले आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन् ।

    त्यस्तै पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक कार्य गरे समाजको विकासमा टेवा पुग्ने बताए ।

    पक्लिहवा मा.वि. व्यवस्थापन समितिका अध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गको अध्यक्षता, समाजसेवी एवं युवा व्यवसायी श्रृजना बनियाको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको स्वागत तथा शिक्षक देवी प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार याम बहादुर थापा, सदस्य सलुजा विश्वसेन्चुरी, शिक्षक–शिक्षिकालगायतको उपस्थिति रहेको थियो ।