२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

गैडहवामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न सांसद् घिमिरेको माग

बिहिवार , आश्विन १८, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, १८ असोज ।
    रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य (सांसद्) बासुदेव घिमिरेले गैडहवा, कञ्चन, मायादेवी, लुम्बिनी साँस्कृतिक र सैनामैना नगरपालिकाका बहुसंख्यक जनतालाई पायक पर्ने गैडहवामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

    बिहीबार संसद बैठकको शून्य समयमा बोल्दै सांसद् घिमिरेले क्षेत्र नम्बर ५ मा मा पर्ने ३२ वडाका अधिकांश नागरिकलाई जिल्ला सदरमुकाम पुगेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने लगायतका प्रशासनिक सेवा लिन कठिन रहेको उल्लेख गरे ।

    समग्र क्षेत्रलाई पायक पर्ने स्थानमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने यहाँका नागरिकको धेरै पहिलादेखिको माग रहेको बताउँदै उनले गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न सरकारसँग माग गरेका हुन् ।

    आफ्नो समेत उपस्थितिमा हालै क्षेत्र नम्बर ५ का स्थानीय सरकारका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरु, राजनीतिक दलका नेतालगायत सरोकारवालाहरुको सर्वदलीय बैठकले सो क्षेत्रका बहुसंख्यक जनतालाई पायक पर्ने गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको सांसद् घिमिरेले बताए ।  ‘यसर्थ सो स्थानमा यथाशीघ्र ईलाका प्रशासन कार्यालय स्थापनाको प्रक्रिया अघि बढाउन सम्माननीय सभामुखज्यूमार्फत् नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’ उनले भने ।