शुक्रवार , आश्विन १९, २०८०
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर फर पिसको सदस्यता प्राप्त गरेको छ। एकपछि अर्को कार्यमा पहिचान बनाउन सफल तिलोत्तमाले जापानमा रहेको सस्था मेयर फर पिसको सदस्यता प्राप्त गरेको हो।
स्थानिय तहहरुको समृद्धिका लागि एकबद्ध हुने उदेश्यका साथ् स्थापित् शान्ति र बिकासका लागि अघि बढेको सो संस्थाको गत भदौ १५ गते सदस्यता प्राप्त गरेको नगरप्रमुख रामकृष्ण खाणले बताए । संस्थामा १ सय ६६ देशका ८ हजार ३ सय ११ पालिकाहरु आवद्ध छन् । नेपालमा ३३ वटा पालिकाले सो सदस्यता लिएका छन्।
यस्ता शहरहरुमा रहेका पालिकाहरुले उप-राष्ट्रिय कूटनीतिमा बढ्दो महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। सन् १९८२ मा जापानको हिरोसिमा र नागासाकीका मेयरहरूको नेतृत्वमा शान्तिका लागि मेयरहरूले आणविक हतियाररहित संसार, सुरक्षित र लचिलो शहरहरू, र शान्तिको संस्कृतिको लागि काम गरिरहेका छन्।
जसमा शान्ति प्रत्येक व्यक्तिको लागि प्राथमिकतामा रहेको उल्लेख गरिएको छ । नगर संगै देशका नागरिकको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने प्रयासमा, भोकमरी, गरिबी, शरणार्थीहरूको दुर्दशा, मानवअधिकार उल्लङ्घन जस्ता मानव जातिको सहअस्तित्वलाई खतरामा पार्ने प्रत्येक सदस्यको क्षेत्रका लागि फरक फरक समस्याहरूलाई सम्बोधन र समाधान गर्न संस्था क्रियाशील रहेको नगरप्रमुख खाणले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij