२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

विभिन्न पार्टी परित्याग गरी दुईदर्जन बढी राप्रपामा प्रवेश

शुक्रवार , माघ १६, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, १६ माघ ।
    रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी दुईदर्जन बढी नेता कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । तिलोत्तमा नगरपालिका–१० कान्छीबजारमा आयोजित भेटघाट कार्यक्रममा उनीहरुलाई पूर्वमन्त्री दिपक बोहरा, निरञ्जन थापाले राप्रपामा प्रवेश गराए ।

    कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ नेता बोहराले मुलुकको समस्या समाधानका लागि ताजा जनादेश नै उपयुक्त हुने बताए ।

    received_259710402430308.jpegकार्यक्रममा पार्टीका केन्द्रीय सदस्य ताहिर अली, तोयानाथ लम्साल, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, नेता अर्जुन थापा, शंकर खत्री, अमृत पाण्डेय, माधव रिमाल, राधिका पाण्डेय, राम नवल सिंह लगायतको उपस्थिति रहेको थियो ।