२०८२, भाद्र २३ गते

Sep 08 2025 | २०८२, भाद्र २३ गते

सहिद दिवसमा तिनाउको रक्तदान

शुक्रवार , माघ १६, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • बुटवल, १६ माघ । 
    तिनाउ सोसियल गु्रप बुटवलले रक्तदान कार्यक्रम गरेको छ । सहिद दिवसको अवसर पारेर समुहले शुक्रबार प्रथम रक्तदान कार्यक्रम २०७७ आयोजना गरेको हो । 

    कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले उद्घाटन गर्दै सामाजिक कार्यसंगै युवाहरुलाई क्षमता विकास गरी अलग चिनारी बनाउन सुझाव दिए । हरेक संस्थाले आफ्नो कार्य अन्तरगत रक्तदान अनिवार्य गर्नु उदाहरणीय कार्य भएको बताए । 

    त्यसै गरी कार्यक्रममा नियमित रक्तदानमा सहभागी भएर ६० पटक भन्दा बढी रक्तदान गर्नुभएकी बुटवलकी रुपकेशरी बज्राचार्यलाई सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदास, क्लबका अध्यक्ष श्याम थापा, सचिव मीन सेन्चुरीले सम्मान गरेका थिए । 

    नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको संयोजक अशोक राईले बताए । त्यसै गरी समुहको नया टिसर्ट लन्च समेत गरिएको छ । कोभिड–१९ को महामारीको अवस्थामा सहयोग जुटाउन उठेको युवाहरुको समूह अहिले सामाजिक कार्यमा लागेका छन् ।