२०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

इजरायलबाट नेपालीलाई उद्धार गर्न राप्रपाको माग 

सोमवार , आश्विन २२, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २२ असोज । 
    हमासको आक्रमणमा परेको इजरायलबाट नेपालीलाई उद्धार गर्न राप्रपाले माग गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले इजरायलमा रहेका रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल गर्न, जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्धार गर्न एवं स्वदेश फर्कन चाहनेहरुलाई आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकार र नेपाली दूतावास इजरायलको ध्यानाकर्षण गराएका हुन् । 

    साथै हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै उनले आक्रमणको निन्दा गरेका छन् । 

    newskarkahna-news582630..jpg