२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : स्टार क्रिकेट एकेडेमी विजयी

शुक्रवार , माघ १६, २०७७

भैरहवा, १६ माघ ।
पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार स्टार क्रिकेट एकेडेमीले साई ग्लोबल एकेडेमीलाई ६ विकेटले पराजित गरेको छ । दोस्रो खेल भने पोखरा क्रिकेट एकेडेमी र ओषिस क्रिकेट एकेडेमीबीच बराबरीमा टुंगिएको छ । यी दुवै टिमले समान १०८ रन बनाए ।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित १८ ओभरको खेलमा ७ विकेट गुमाई १११ रन बनायो । जसमा शैलेन्द्र यादवले ३५ र मानवेन्द्र सिंहले २५ रन बनाए । बलिङमा स्टारका राजन भुज र अलदीप कुँवरले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको स्टारले १७.४ ओभरमा ४ विकेटको क्षतिमा ११२ रन बनाउँदै लक्ष्य पूरा गर्यो । उसको जितमा सुरज यादवले ३९ र सागर कुँवरले २१ रनको बनाए । बलिङमा साई ग्लोबलका कम्रोन खाँनले १ विकेट लिए । स्टारका सुरज यादव म्यान अफ द म्याच घोषित भए ।

यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित १८ ओभरमा ५ विकेट गुमाउँदै १०८ रन बनायो । जसमा प्रमिस अर्यालले ४०, राशन अर्यालले २४ र सोयल कुँवरले २३ रन बनाए । बलिङमा ओषिसका रोहित शर्मा र आकृष्ट सिंहले २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको ओषिसले ७ विकेट क्षतिमा १०८ रनमै सीमित रह्यो । उसका लागि सम्राट भुसालले ३९ र आरम्भ तिमिल्सिनाले १७ रन बनाए । बलिङमा सिब्रिन श्रेष्ठले २ र रोशन अर्यालले १ विकेट लिए । म्यान अफ द म्याच रोशन अर्याल भए ।

८ टीम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्नेछ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।