images
images

शनिवार, जेठ ५ गते २०८१

गोनहिया टोल सुधार समिति गठन, अध्यक्षमा तेली

गोनहिया टोल सुधार समिति गठन, अध्यक्षमा तेली

images
images
images
सोमवार, आश्विन २२ २०८०
सोमवार, आश्विन २२ २०८०
  • गोनहिया टोल सुधार समिति गठन, अध्यक्षमा तेली

    भैरहवा, २२ असोज । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित गोनहियामा ‘गोनहिया टोल सुधार समिति’ गठन भएको छ । सोमबार एक भेलाको आयोजना गरी बुद्धि सागर तेलीको अध्यक्षतामा ११ सदस्यीय टोल सुधार समिति गठन भएको हो । 

    images
    images
    images

    समितिको उपाध्यक्षमा तारा पुन गाहा, सचिवमा राधेश्याम विश्वकर्मा र कोषाध्यक्ष मोती बहादुर थापा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मान बहादुर थापा, विष्णु माया थापा, राजेश हरिजन, मेकमाया सारु, सुरेन्द्र कहार, बोम कुमारी ठेडी मगर र मनोज हरिजन चयन भएका छन् । 

    समितिले संरक्षकको रुपमा वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीलाई राखेको छ भने सल्लाहकारहरुमा देव सिंह गुरुङ्ग, रामकेश केवट, मोहन सारु, दिनेश केवट, बिष्णुमाया गुरुङ्ग, जतन पासी, राम बहादुर क्षेत्री, मोहन गुरुङ्ग र नागेन्द्र कोइरी चयन भएको सचिव राधेश्याम विश्वकर्माले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले टोल सुधार समितिलाई स्थानीय रुपमा उपलब्ध श्रम, सीप, साधन तथा अवसरहरुलाई अधिकतम रुपमा परिचालन गर्न आग्रह गरे ।  त्यस्तै समुदायमा सरसफाई, बातावरण संरक्षण, निरक्षरता उन्मुलन, विकृति र विसंगति न्यूनीकरण गर्न समुदायलाई अग्रसर बनाउने खालका कार्यक्रम समितिबाट सञ्चालन गर्न आग्रह गरे । उनले राम्रो उद्देश्य राखेर गरिने कामहरुलाई नगरपालिकाको सधै सहयोग रहने बताए । 

    सोही कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले माहामारी, देवी प्रकोप, लागूपदार्थ दुव्र्यसन, चेलीबेटी बेचबिखन, महिला हिंसा तथा बालश्रम आदि नियन्त्रण तथा रोकथाम गर्न समुदायलाई अग्रसर बनाउन समितिले काम गर्नुपर्ने बताए । उनले वडा नम्बर ९ मा टोल सुधार समितिहरुको गठन कार्यलाई तीव्रता दिएको बताए । वडा नम्बर ९ मा मात्रै ६ वटा टोल सुधार समितिहरु गठन भइसकेको भण्डारीले जानकारी दिए । 

    गोनहिया टोल सुधार समितिका अध्यक्ष बुद्धि सागर तेलीको अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आथित्यता एवं वडाअध्यक्ष शेषकान्त भण्डारीको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    समितिका सचिव राधेश्याम विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु बसन्त भट्टराई, सविता हरिजन, वडा सचिव अब्दुल रसिद पठान, गोलिगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डे, तिनकुने टोल सुधार समितिका अध्यक्ष रतन मान श्रेष्ठ, कठौतिया टोल सुधार समितिका अध्यक्ष चन्द्रो कहार, मिश्रौलिया–उदयपुर टोल सुधार समितिका अध्यक्ष कमला रायमाझी, बिन्धबासिनी मिसुजु आधारभूत विद्यालयका प्रधानाध्यापक चर्तुभुज रेग्मीले बोलेका थिए । 

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij