२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा एकजना पक्राउ

मंगलवार , आश्विन २३, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • सुनसरी, २३ असोज। इटहरी उपमहानगरपालिका-१७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका-९ बस्ने ४९ वर्षीय निमा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

    सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले निमालाई खुकुरीसहित पक्राउ गरेको हो ।

    गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।