२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

लुम्बिनी प्रदेशको गृहमन्त्रीका वरिष्ठ राजनीतिक सल्लाहकार गुप्ताले दिए राजीनामा

बुधवार , आश्विन २४, २०८०

भैरहवा, २४ असोज ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष कुमार पाण्डेयका वरिष्ठ राजनीतिक सल्लाहकार बैजनाथ गुप्ता (बी.एन.) ले पदबाट राजीनामा दिएका छन् । मन्त्री पाण्डेयको निजी सचिवालयमा रही वरिष्ठ सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका गुप्ताले मंगलबार सामाजिक संजाल फेसबुकमार्फत राजीनामा दिएका हुन् । उनले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को साधारण सदस्य समेत नहुने गरी पार्टीबाट पनि राजीनामा दिएको बताए । 

‘कुनै पनि पद वा पार्टीको सदस्य नभइकन पनि जनताको सेवा गर्न सकिने र पार्टीको सदस्य भइसकेपछि पार्टीको नीति विधान बाहिर रही काम गर्न नसकिने भएको महसुस भइ स्वतन्त्र भएर जनताको सेवालाई निरन्तरता दिनका लागि राजनीमा दिएको हुँ, ’गुप्ताले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उनले गठबन्धन सरकारमा पार्टी रहँदा सरकारबाट भएका गलत कार्यको विरोध गर्न अफ्ठयारो महसुस भएकाले स्वतन्त्र भइ देश र जनताको हितमा काम गर्नका लागि पदबाट राजीनामा दिएको बताए । उनले भने, ‘मन्त्री सन्तोष कुमार पाण्डेय र मबीच नङ र मासुको सम्बन्ध छ । अहिले मैले पदबाट राजीनामा दिए पनि सम्बन्ध उस्तै रहन्छ । जनताको सेवा जारी रहन्छ । ’

सिद्धार्थनगर नगरपालिका–६ निवासी गुप्ताले यसअघि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सन्तोष कुमार पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्री हुँदा पनि वरिष्ठ सल्लाहकारको जिम्मेवारी निर्वाह गरेका थिए ।

387802914_3717963961765663_7123157017046122856_n.jpg
=