images
images

आइतवार, जेठ ६ गते २०८१

सार्वजनिक जग्गाको एकिन गरेर त्यसको संरक्षणका लागि विशेष अभियान सञ्चालन गर्न एमालेको माग

सार्वजनिक जग्गाको एकिन गरेर त्यसको संरक्षणका लागि विशेष अभियान सञ्चालन गर्न एमालेको माग

images
images
images
बिहिवार, आश्विन २५ २०८०
बिहिवार, आश्विन २५ २०८०
  • सार्वजनिक जग्गाको एकिन गरेर त्यसको संरक्षणका लागि विशेष अभियान सञ्चालन गर्न एमालेको माग

    बुटवल, २५ असोज । 
    नेकपा (एमाले) बुटवल उपमहानगर कमिटी, रुपन्देहीले सार्वजनिक जग्गाहरु मालपोत र नापी कार्यालयको मिलेमतोमा बिचौलियाहरुले व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गरेको भन्दै पर्याप्त आधारहरु भेटिएको बताउँदै दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

    images
    images
    images

    विगतमा व्यक्तिले हकभोग गरेको जग्गाहरु समेत मिलेमतोको आधारमा अर्को व्यक्तिको नाममा नामसारी गरी जग्गा बेचबिखन भइरहेको एमालेको आरोप छ । 

    एमाले बुटवल उपमहाननगर कमिटीले विभिन्न १५ बुँदे ध्यानाकर्षणसहित मालपोत कार्यालय बुटवललाई बिहीबार ज्ञापनपत्र बुझाएको हो । नगर कमिटीका अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा गएको टोलीले मालपोत कार्यालयका प्रमुख दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको थियो ।

    बुटवल उपमहानगर वडा नम्बर १२ र १३ लगायतका वडाहरुमा अव्यवस्थित बसोबास गरिरहेकाहरुमध्ये हालै वितरण गरिएको जग्गाधनी प्रमाण पूर्जाहरु अवैध देखिएको अध्यक्ष ज्ञवालीले बताए । उक्त घटनाले वर्षौदेखि बसोबास गरिरहेकाहरु पीडित बनिरहेको बताए ।

    त्यसै गरी मालपोत र नापी कार्यालय एकै ठाउँमा राखेर सेवालाई सहज बनाउनुपर्ने, जग्गा श्रेस्तालाई पूर्ण रुपमा डिजिटल प्रणालीमा लैजानुपर्ने, सफ्टवेयर प्रणालीलाई व्यवस्थित र गुणस्तरीय बनाउनुपर्ने, बुटवलमा रहेका सार्वजनिक जग्गाको एकिन गरेर त्यसको संरक्षणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने लगायतका मागसहित ध्यानाकर्षण गराइएको छ ।

    एमाले बुटवल नगर कमिटीले भूमिसुधार मन्त्रालयबाट भएको कित्ताकाट सम्बन्धी निर्णयलाई आम सर्वसाधारण जनताले सजिलोसँग सेवा पाउने गरी कार्यान्वयन गर्नुपर्ने, राजस्व संकलन गर्ने समय बिहान १० देखि साझ ४ बजेसम्म हुनुपर्ने तथा उपमहानगरभित्र जग्गाको हाल साविक र लगत कट्टाको काम तत्काल सम्पन्न गर्न माग गरेको छ ।

    ज्ञापनपत्र बुझ्दै मालपोत कार्यालय बुटवलका प्रमुख भण्डारीले असेवाग्राहीलाई सहज सुविधा उपलब्ध गराउनु नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताउँदै उनले त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिवद्धता गरे ।

    यी हुन् एमालेका मागहरु 

    १. बुटवल उपमहानगरपालिका भित्र रहेका सार्वजनिक जग्गाहरु मालपोत र नापी कार्यालयको मिलेमतोमा जग्गा दलाल तथा बिचौलियाहरुले व्यक्तिको नाममा दर्ता गरि बेचबिखन गरेका प्रयाप्त आधारहरु देखिएकोले उक्त प्रकरणको गम्भिर छानबिन गरि दोषीहरुलाई कडाभन्दा कडा कारवाहीको माग गर्दछौं । यसका साथै विगतमा व्यक्तिले हकभोग गरेको जग्गाहरु समेत मिलेमतोको आधारमा अर्को व्यक्तिको नाममा नामसारी गरि जग्गा बेचबिखन भईरहेको प्रति समेत हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

    २. बुटवल उपमहानगरपालिका वडा न. १२ र १३ लगायतका वडाहरुमा अव्यवस्थित बसोबास गरिरहेकाहरु मध्ये हालै वितरण गरिएको जग्गाधनी प्रमाण पूर्जाहरु अवैध देखिएको र यसबाट वर्षौदेखि बसोबास गरिरहेकाहरु पिडित बनिरहेको तर्फ हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । ज्ञातव्य रहोस् बसोबास गर्नेहरु विधिसम्मत ढंगले बसोबास गर्दै आएको र उनीहरुको जग्गा नापँचाँज भई तत्कालिन सुकुम्बासी समस्या समाधान आयोगले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने निर्णय गरिसकेको सन्र्दभमा हाल वितरित पूर्जामा बिचौलियाका कारण प्रक्रियागत त्रुटि रहे पनि सो जग्गाका हकदार उनीहरु नै भएकोले आवश्यक प्रक्रिया पुरा गरि जग्गाधनी प्रमाणपूर्जालाई बैधानिकता दिनका लागि जोडदार माग गर्दछौं । साथै ३०औ वर्षदेखि जग्गाधनीलाई बेवारिसे बनाउने यो कार्यको हामी घोर भत्र्सना गर्दछौं ।

    ३. २०७६/७७ मा भूमिसुधार मन्त्रालयबाट जग्गा नापी गर्नका लागि गठन भएको सुकुम्बासी समस्या समाधान आयोगले नापेको जग्गालाई तत्काल प्रक्रिया पुरा गरि भूमि आयोग मार्फत भूमिहिन सुकुम्बासीलाई पूर्जा वितरण गर्नका लागि जोडदार माग गर्दछौं ।

    ४. जनताले हकभोग गरेका कोदाले, बिटौरी, आकडा, छुट कित्ता, ब्लक, आठ नम्बरी, नदी उकासका जग्गाहरुलाई आवश्यक प्रक्रिया पुरा गरि तत्काल जग्गाधनी प्रमाणपत्र प्रदान गर्नका लागि जोडदार माग गर्दछौं ।

    ५. वैज्ञानिक ढंगले जग्गाको वर्गीकरण नहुँदा राजस्वमा चुहावट भएको व्यापक गुनासो आएकोले नेपाल सरकारले निर्धारण गरेको भू–उपयोग योजना अनुसार जग्गाको वैज्ञानिक वर्गीकरण गर्नका लागि जोडदार माग गर्दछौं ।

    ६. मालपोत कार्यालयमा सेवाग्राहीका लागि बस्ने उचित स्थान, पिउने पानी, शौचालय, नागरिक वडापत्र र टोकन प्रणालीको तत्काल प्रबन्ध गर्नका लागि जोडदार माग गर्दछौं ।

    ७. मालपोत कार्यालयका कर्मचारीहरुको व्यवहार रुखो भएको, फाइल ढड्डाहरु लुकाईदिने गरेको, कागजातहरु अपुग भए भनेर अनावश्यक दुख दिने गरेको, मालपोतमा बिचौलिया बिना सर्वसाधारण नागरिकले सजिलोसंग सेवा लिन असमर्थ भएको तथा सुशासनलाई प्राथमिकता नदिई भष्टचार, ढिलासुस्ती र कमिसनलाई प्रश्रय दिने गरेको व्यापक जनगुनासो आएको प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको व्यहोरा जानकारी गराँउदै अविलम्ब यस्ता जनविरोधी कार्यहरु सच्याउन जोडदार माग गर्दछौं ।

    ८. मालपोत र नापी कार्यालय फरक फरक स्थानमा हुँदा जनताले सास्ती बेहोर्नु परेकोले उक्त कार्यालयहरु एकै ठाँउमा राखेर जनतालाई सहज सेवा प्रवाह गर्नका लागि ध्यानाकर्षण गर्दछौं । यसका साथै बुटवल १३ मा निर्माणधिन मालपोत कार्यालय २ वर्ष पुरा हुँदा ५ प्रतिशत काम हुनुले सो भवन तत्काल बन्न नसक्ने सम्भावना देखिएकोले आवश्यक प्रक्रिया पुरा गरि तत्काल निर्माण सम्पन्न गर्न जोडदार माग गर्दछौं ।

    ९. जग्गा श्रेस्तालाई पूर्णरुपमा डिजिटल प्रणालीमा लैजान जोडदार माग गर्दछौं ।

    १०. सेवाग्राहीलाई छिटो छरितोरुपमा सेवाप्रवाह गर्नका लागि प्रयोगमा ल्याईएको सफट्वेयरले राम्रोसंग काम नगर्दा सेवाग्राहीले सास्ती बेहोर्नु परेका हुँदा सफ्टवेयर प्रणालीलाई व्यवस्थित र गुणस्तरिय बनाउन जोडदार माग गर्दछौं ।

    ११. बुटवलमा रहेका सार्वजनिक जग्गाको एकिन गरेर त्यसको संरक्षणका लागि विशेष अभियान सञ्चालन गर्न जोडदार माग गर्दछौं ।

    १२. भूमिसुधार मन्त्रालयबाट भएको कित्ताकाट सम्बन्धी निर्णयलाई आम सर्वसाधारण जनताले सजिलोसंग सेवा पाउने गरि कार्यान्वयन गर्नुहुन जोडदार माग गर्दछौ ।

    १३. राजस्व संकलन गर्ने समय बिहान १० देखि साझ ४ बजे सम्म हुनपर्नेमा दिउसो २:३० बजे नै बुटवल कार्यालयमा रहेको नबिल बैकको काउण्टर बन्द हुदाँ टाढाबाट आउने सेवाग्राही समस्यामा परेको व्यापक गुनासो आएकोले सोको समाधानका लागि हाम्रो पार्टी जोडदार माग गर्दछ ।

    १४. नेपाल सरकारको नाममा बाटो फाल्ने तथा लगतकट्टा गर्दा बिचौलिया मार्फत ठूलो पैसाको चलखेल हुने गरेको र बिना पैसा कुनै काम नहुने गरेको व्यापक जनगुनासो आएको प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ  ।

    १५. उपमहानगरपालिका भित्र जग्गाको हालसाबिक र लगतकट्टाको काम तत्काल सम्पन्न गर्नका लागि जोडदार माग गर्दछौं ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij