२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लियो सिद्धार्थनगरद्वारा निःशुल्क आँखा परीक्षण शिविर

शुक्रवार , आश्विन २६, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २६ असोज ।
    विश्व दृष्टि दिवस–२०२३ को अवसरमा लियो क्लब अफ सिद्धार्थनगरले भैरहवामा एकदिने निःशुल्क आँखा परीक्षण शिविर तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । क्लबले बिहीबार सिद्धार्थनगर नगरपालिका–८ स्थित श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा उक्त कार्यक्रम गरेको कार्यक्रम संयोजक सुरज ढुंगानाले बताए ।

    श्री कृष्ण नेत्रालय सिद्धार्थनगरको प्राविधिक सहयोगमा भएको शिविरमा २६९ जना विद्यार्थीहरुको आँखा परीक्षण गरिएको लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष मनिष ढकालले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका फस्ट भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

    370095943_2878009592335064_560930799467092708_n.jpg

    विद्यालयका प्राचार्य रुप कुमार रायमाझीको विशिष्ट आतिथ्यता, लायन्स लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी एरिया–४ का एरिया चिफ सतिस कुमार कौशल (दीपक), लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष रवि कुमार श्रेष्ठ, श्रीकृष्ण नेत्रालयका आउटरिच इनचाजए मोलहु गुप्ता लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन लियो क्लब अफ सिद्धार्थनगरका सचिव ज्ञान बहादुर जैसवालले गरेका थिए ।